प्रधानमन्त्रीलाई नयाँ दिल्लीमा भारतकी विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मिनाक्षी लेखीद्वारा स्वागत

Jasus Khabar 1+ समाचार ( )
१७ जेठ २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नयाँ दिल्ली पुगेका छन् । चारदिने भम्रणमा निस्किएका प्रधानमन्त्री नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

उनलाई भारतकी विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन् । दिल्लीमा रहँदा प्रधानमन्त्री दाहालले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा भेटवार्ता गर्ने कार्यतालिका छ ।

द्विपक्षीय वार्तापछि दुई देशबीच केही समझदारी र सम्झौतामा हस्ताक्षर हुने बताइएको छ । सम्झौतासँगै दुवै प्रधानमन्त्रीले पत्रकार सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ । 

प्रतिक्रिया