प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरे फण्ड फर एग्रिकल्चरका प्रमुख डा. अल्भारो लारियोसँग भेटवार्ता

Jasus Khabar 1+ समाचार ( )
९ श्रावण २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले र इन्टरनेशनल फण्ड फर एग्रिकल्चरका प्रमुख डा. अल्भारो लारियोसँग भेटवार्ता गरेका छन्।

संयुक्त राष्ट्रसंघीय खाद्य प्रणालीसम्बन्धी शिखर सम्मेलनमा सहभागी हुन इटालीको रोम गएका प्रधानमन्त्री प्रचण्डले आज बिहान प्रमुख लारियोसँग भेटवार्ता गरेका हुन् । उक्त भेटवार्तामा कृषि विकासको लागि अन्तर्राष्ट्रिय कोषद्वारा नेपालमा सञ्चालित विभिन्न परियोजनाका समीक्षा, अन्तर्राष्ट्रिय कोष र नेपालबीचका सम्बन्ध लगायतको विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

नेपालमा कृषि क्षेत्रको विकासको लागि अन्तर्राष्ट्रिय कोषले विभिन्न परियोजनाहरू सञ्चालित छन्। प्रधानमन्त्री प्रचण्ड जुलाई २८ मा स्वदेश फर्किने कार्यतालिका छ।


प्रतिक्रिया