नेपाल पत्रकार महासङ्घको जिल्ला र प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेलाले मङ्सिर २८ गते, शुक्रबार, महासङ्घका तीनै तहको निर्वाचन गर्ने निर्णय गरेको छ।
>
भेलामा सर्वसहमति अनुसार जिल्ला शाखाको सदस्यता कायम गर्ने र प्रदेशले थप गरेको नामावलीलाई पनि स्वीकार गर्ने कुरा तय गरिएको छ। सदस्यता विवादको समाधानका लागि केन्द्र र प्रदेशका प्रतिनिधिहरू र शाखा अध्यक्षको उपस्थितिमा समितिले निर्णय गर्नेछ।>
सदस्यताको विषय कात्तिक मसान्तसम्म टुंग्याइनेछ र टुंगिएको सदस्यता केन्द्रमा पठाइनेछ।>>