उद्योगभित्र ठूलो मानवीय क्षति भएको आशंकामा आक्रोशित स्थानीय बासिन्दाले र भारतीय मजदुरहरु उद्योग परिसर घेराउ गरेका छन् भने उद्योग बाहिर एम्बुलेन्स र दमकल तैनाथ गरिएको छ।>
>
राति करिब ९:१५ बजे उद्योगको फलाम पगाल्ने भट्टीमा भएको विस्फोटको आवाजले सिमरा क्षेत्र नै थर्किएको थियो।>
>
उद्योग प्रशासनले हालसम्म एक जना भारतीय मजदुर मात्र घाइते भएको दाबी गरे पनि स्थानीयले यो कुरा पत्याएका छैनन्।>
>
विस्फोटको प्रकृति र त्यसपछिको अवस्था हेर्दा ठूलो हताहती भएको हुन सक्ने भन्दै उनीहरूले सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन्।>
>
घटनास्थलमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख, डिएसपी वेद प्रकाश जोशीले प्रहरीले स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको र क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको मेरो न्युज रिपोटर्सलाई जानकारी दिए।>
>
प्रहरीले स्थानीयलाई संयमित हुन आग्रह गरिरहेको छ। तैपनि स्थानिय र भारतीय मजदुरहरु उद्योग घेराउ गरेका छन् र जग्दमा स्टील कम्पनी को भठ्ठीहरू(furnace) धेरै पुरानो रहेको हुनाले गर्दा पटक-पटक बलास्त हुने गर्छ। श्रम कार्यालय वीरगन्ज को पनि लापरवाही हो,समय मा निरीक्षण नगरी पैसा उठाउन मा मात्र व्यस्त रहन्छ।।।>>