बसको झ्यालबाट टाउको बाहिर निकाल्ने बालकको रुखमा ठोकिएर मृत्यु

Jasus Khabar 1+ समाचार ( )
१७ कार्तिक २०७९

राजधानीको लाजिम्पाटमा हिजो दिउँसो भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका बालकको राति मृत्यु भएको छ।

दिउँसो साढे ३ बजे बा १ क ४६४२ नम्बरको स्कुल बसमा सवार नयाँ बसपार्क बस्ने १३ वर्षीय आयुष्मान दाहालको मृत्यु भएको हो।

आयुष्मानले बसको झ्यालबाट टाउको बाहिर निकालेर यात्रा गरिरहेका थिए। सोही क्रममा उनको टाउको सडक किनारमा रहेको रुखमा ठोकिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रि.वि शिक्षण अस्पतालमा उपचारको क्रममा राति सवा २ बजे मृत्यु भएको हो। 

प्रतिक्रिया

सम्बन्धित समाचार