जिल्ला प्रशासन अगाडीबाटै फलामको स्ल्याब चोरी

Jasus Khabar 3958+ समाचार ( )
२२ वैशाख २०८२

जिल्ला प्रशासन कार्यालय दाङको मुल गेट अघिबाट फलामे स्ल्याब चोरी भएको छ । चौबिसै घण्टा सुरक्षामा खटिने प्रहरीको अघिबाटै शुक्रबार राति फलामे स्ल्याब चोरी भएको हो । जिल्ला प्रशासनको अघि रहेको नालामा स्ल्याब नहुँदा सेवाग्राहीलाई जोखिम बढेको भन्दै स्थानीय व्यवसायी जीवन अधिकारीले करिब १० हजारको लागतमा फलामको स्ल्याब बनाएका थिए।

गहिरो नालामा स्ल्याब नहुँदा जोखिम बढेको भन्दै व्यक्तिगत लगानीमा फलामे स्ल्याब बनाएर प्रयोगमा ल्याएको बेला एकाएक चोरी भएपछि नागरिकलाई जोखिम बढाएको छ । स्ल्याब चोरी गर्न आएकाहरू सिसिटीभी फुटेजमा कैद भएको बताइएको छ ।

यता, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जिल्ला प्रशासन कार्यालय मुल गेट अघिबाट स्ल्याब चोरी भएको घटनाबारे जानकारी नभएको बताए । उनले प्रशासन कार्यालय परिसर छेउबाटै चोरी भएको घटना प्रति चासो व्यक्त गरे।  घटनाबारे जानकारी लिने र आवश्यक कारवाही प्रक्रिया अघि बढाउने प्रमुख जिल्ला अधिकारी लम्सालले बताए ।

प्रतिक्रिया