गंगालाल अस्पतालको निमित्त निर्देशकमा डा.रवि मल्ल नियुक्त

Jasus Khabar 1+ समाचार ( )
११ पौष २०८०

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निमित्त निर्देशकको जिम्मेवारी डा. रवि मल्ललाई दिइएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मंगलबार डा. मल्ललाई निमित्त निर्देशकको जिम्मेवारी दिएका हुन् ।

“उहाँले भर्खरै आएर निमित्तको पत्र बुझाएर जानुभयो, कार्यकारी को भन्ने अहिले टुंगो लागेको छैन,” मन्त्रालयका एक उच्च अधिकारीले भने ।

उमेर हदका कारण हाल गंगालालमा हाजिर नगरिरहेका डा. मल्ललाई केही समय काम हेर्ने र थप निर्णय लिनेगरी निमित्तको जिम्मेवारी दिइएको ति अधिकारीले बताए ।

हालसम्म कार्यकारी निर्देशकका लागि डा. मल्लसहित डा.अरुण मास्के र डा.रामेश कोइरालाको नाम मन्त्रालयको छलफलमा आइपुगेको थियो ।

केही समय निमित्तबाटै काम चलाउने र तत्काल मन्त्रिपरिषद्मा नाम सिफारिस नगर्ने मन्त्री बस्नेतको योजना रहेको मन्त्रीको सचिवालयका एक कर्मचारीले बताए । 


प्रतिक्रिया