बलात्कारको मुद्दामा गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी

Jasus Khabar 1+ समाचार ( )
२३ चैत्र २०८०

गायक रवि ओडविरुद्ध उनकै श्रीमतीले जाहेरी दिएकी छिन् । आफूमाथि वैवाहिक बलात्कार गरेको भन्दै उनले गत २० गते जाहेरी दिएकी हुन् ।

कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत वडपत्नीले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता पुष्कर पन्तले जानकारी दिए । अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको उनले बताए । नेपाल आइडल सिजन-२ का विजेता ओडको घर कृष्णपुर नगरपालिका, गुलरिया हो । उनी अहिलेसम्म पक्राउ नपरेको प्रहरीले जनाएको छ ।

गायक वड अहिले कार्यक्रमका लागि जापानमा छन् । उनी थाइल्यान्डबाट जापान पुगेका हुन् ।

प्रतिक्रिया