तोकिएको समयमा काम नगर्ने २३ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढेको छ।>
प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताअनुसार काम नगर्ने २३ निर्माण कम्पनीलाई ७ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिँदै कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको हो।>
चित्तबुझ्दो स्पष्टीकरण नभए सार्वजनिक खरिद ऐनअनुसार कालोसूचीमा राखिने कार्यालयको सूचनामा उल्लेख छ।>
खरिद अनुगमन कार्यालयले यसअघि पत्राचार गर्दा पनि ती कम्पनी सम्पर्कमा नआएपछि सार्वजनिक सूचना प्रकाशित गरेको हो।>
>
>>>