घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jasus Khabar 3925+ समाचार ( )
२३ भाद्र २०८२

सोमबार सुनचाँदीको मूल्य घटेको छ । आइतबार तोलामा १६ सय रुपैयाँले बढेर नयाँ रेकर्ड राखेको सुनको मूल्य सोमबार भने घटेको छ । 

नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ ।
 
आइतबार सुनको मूल्य तोलामा २ लाख १२ हजार रुपैयाँमा कारोबार भएको सुन सोमबार घटेर २ लाख ११ हजार ६०० रुपैयाँ कायम भएको छ । 

सोमबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आइतबार प्रतितोला चाँदी २ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा सोमबार घटेर २ हजार ४७५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया