धनपालथान गाँउपालिकाको ७ वटै वडाहरुमा उति विपन्न नागरिकहरुको पनि बसोबास रहेको छ । विशेष गरि जाडा याममा चिसोबाट समस्याग्रस्त रहेका उनिहरुलाई स्थानीय सरकारले हरेक बर्ष कहि न केहि सहयोग गर्दै आएका छन् ।
>
यी नै मध्ये , धनपाालथान गाँउपालिका वडा नं ६ का वडा अध्यक्ष मोहम्मद हुसैनले धनपालथान गाउँपालिका–६ का एक सय बढी परिवारलाई बढ्दो चिसोबाट बच्नका लागि ‘स्वेतर र ज्याकेट’ वितरण गरे । वडा कार्यालयले अपाङता भएका व्यक्ती, सुत्केरी, ज्येष्ठ नागरीक एवम् अतिविपन्न लक्षितबर्गलाई कठ्यांग्रीदो जाडोबाट बच्नका लागि ‘न्यानो कपडा’ वितरण गरेको हो वडा अध्यक्षले बताए । >
वडा कार्यालय परिसरमा एक कार्यक्रमका बिच गाँउपाालिका अध्यक्ष जिवछ गच्छदार , उपाध्यक्ष नसिमा वानो र सोही वडाका वडाध्यक्ष मोहम्मद हुसैनलगायतले ‘न्यानो कपडा वितरण गरे । >
>>