राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याउनुभएको योगदानको स्मरण गर्दै कार्यक्रममा उहाँप्रति श्रद्धासुमन अर्पण गरिने छ ।>
गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट वि.सं. १७७९ पुस २७ गते पृथ्वीनारायण शाहको जन्म भएको थियो ।
>
नेपाल ५२ राज्यमा विभाजित भएको समय वि.सं. १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए । राजा भएपछि उनले पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गरे । त्यसपछिका उनका उत्तराधिकारीहरुले पश्चिमकमा काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेका हुन् ।
>
पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा नुवाकोट र वि।सं १८२६ सालमा काठमाडौं उपत्यकामा विजय पाप्त गरेका हुन् । यसपछि उनले पूर्वको चौदण्डी, विजयपुर लगायतका राज्यहरु पनि जित्न सफल भए ।
>
उनको ‘घूस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्ने दिव्योपदेश आज पनि भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवद्र्धन गर्ने सन्दर्भमा सान्दर्भिक छन् भने भौगोलिक अवस्थालाई बुझाउन उनले नेपाललाई दुई ढुङ्गाबीचको तरुलको संज्ञा दिएका थिए ।
>
उनको निधन ५२ वर्षको उमेरमा वि.सं १८३१ मा भएको थियो ।>
विगत केही वर्ष यता विवाद हुँदै आएपनि यस वर्ष पृथ्वी जयन्तीको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।
>>