सरकार र विद्यालय कर्मचारीबीच वार्ता अनिश्चित

Jasus Khabar 3925+ समाचार ( )
२६ वैशाख २०८२

शिक्षक महासंघ र सरकारबीच भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै विद्यालय कर्मचारीहरू आन्दोलित छन् । आफ्ना सातबुँदे माग अघि सार्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । 

परिषद्का अध्यक्ष गंगाराम तिवारीका अनुसार अहिले कर्मचारीहरू कालो पट्टी बाँधेरै कक्षा १२ को परीक्षामा सहभागी भएका छन् । त्यसपछि पनि सुनुवाइ नभएर चरणबद्ध आन्दोलन हुने उनले बताए । तर, सरकारको तर्फबाट औपचारिक पत्र नपठाउँदा विद्यालय कर्मचारी र सरकारबीच अहिलेसम्म वार्ता हुन सकेको छैन । 

‘शिक्षामन्त्री र हामीबीच अनौपचारिक कुराकानी भइरहेको छ । तर, सरकारतर्फबाट कुनै आधिकारिक पत्र नआएकाले औपचारिक वार्ता हुन सकेको छैन,’ तिवारीले शिलापत्रसँग भने, ‘सरकारले पत्र पठाएर बोलाए औपचारिक रूपमा हामी वार्तामा बस्न तयार छौँ ।’ 


प्रतिक्रिया

सम्बन्धित समाचार