गल्छीमा बससँग टिपर ठोकियो, ११ घाइते

Jasus Khabar 3958+ समाचार ( )
२४ अशोज २०८२

 पृथ्वी राजमार्गको गल्छीनजिकै बस र टिपर ठोक्किँदा ११ जना घाइते भएका छन्।

गल्छी गाउँपालिका- ७ भल्टारमा शुक्रबार बिहान करिब ९ बजे नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस र विपरीत दिशाबाट आइरहेको टिपर ठक्कर खाएका हुन्।

दुर्घटनामा बसमा सवार ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी प्रकाश दाहालले जानकारी दिए।

दाहालका अनुसार घाइतेहरुको उद्धार गरी नजिकैको अस्पतालमा लगिएको छ।

दुर्घटनामा परेको बसको अगाडिको भागमा क्षति भएको छ। बस र टिपर दुवैलाई हटाएर सडक सञ्चालन गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार