अजमल अन्सारी>
सुनसरी । सशस्त्र प्रहरी बल भण्टावारी गुल्मले अवैध भारतीय कपडा बरामद गरेको छ। भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन लागिएको कपडा सीमा क्षेत्रबाट नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।>
सशस्त्र प्रहरी भण्टावारी गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) केदार जङ थापाका अनुसार सीमा क्षेत्रको नियमित गस्तीका क्रममा भारततर्फबाट ल्याइँदै गरेको करिब २ लाख ४८ हजार रुपैयाँ बराबरको कपडा नियन्त्रणमा लिइएको हो।>
>
‘सीमा क्षेत्रमा अवैध तस्करी रोक्न सशस्त्र प्रहरी बलले कडाइका साथ निगरानी गरिरहेको छ,’ थापाले भने, ‘बरामद गरिएका कपडा आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाइएको छ।’>
>
बरामद गरिएका कपडामा साडी, सलवारसुट, कुर्ता र विभिन्न प्रकारका रेडिमेड सामग्री रहेका छन्। सशस्त्र प्रहरी बल भण्टावारी गुल्मले सीमा सुरक्षा सशक्त बनाउँदै अवैध कारोबार र तस्करी नियन्त्रणलाई प्राथमिकतामा राखेको जनाएको छ।>
>
>