१८ गतेको बैठकमा जवाफ दिन सरकारलाई सभामुख देवराज घिमिरेको रुलिङ

Jasus Khabar 1+ समाचार ( )
१४ फाल्गुन २०८०

सभामुख देवराज घिमिरेले विपक्षी दलहरुले उठाएको विषयमा आगामी बैककमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।

आइतबार बसेको दोस्रो बैठकको सुरुमै सभामुखले आगामी बैठक (१८ फागुन) मा जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन् । यससँगै संसदको अवरोध हटेको छ । यसअघि पहिलो बैठकमा प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुले  नाराबाजी गरेका थिए । सभामुखले पटकपटक रुलिङ गर्दा पनि सरकारले जवाफ नदिएको भन्दै एमाले सांसदहरुले आआफ्नो स्थानमा उभिएर नाराबाजी गरेपछि संसद बैठक स्थगित भएको थियो ।

संसदको आइतबारको बैठकमा विशेष समय लिएर बोलेका एमाले सांसद गोकुल बास्कोटाले विवादित मन्त्रीहरुले तत्काल राजीनामा दिनुपर्ने माग गरेका थिए ।

प्रतिक्रिया