सहकारी ठगी प्रकरणमा पक्राउ परेका जीबी राईसहित १९ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको छ । >
जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका र पक्राउ पूर्जी जारी भएका गितेन्द्रबाबु राई ( जीबी)सहित १९ जनालाई पहिलो चरणमा मुद्दा दर्ता गरेको हो ।>
अहिले प्रहरी हिरासतमा रहेका रवि, छविसहित जीबीका साझेदार नेचर हर्बस्का सञ्चालक रामबहादुर खनाल, लिला पछाईं र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङको मुद्दा भने आइतबार दर्ता हुने जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।>>