तोलामा २ हजार २ सय रुपैयाँले सुनको भाउ घट्यो

Jasus Khabar 1+ समाचार ( )
२ वैशाख २०८१

शुक्रबार हालसम्मकै उच्च रेकर्ड बनेको सुनको भाउ आइतबार घटेको छ ।

शुक्रबारको तुलनामा तोलामा २ हजार २ सय रुपैयाँले सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ३९ हजार रुपैयाँमा सुनको कारोबार भएकोमा आज १ लाख ३६ हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको भाउ तोलामा ५० रुपैयाँ घटेको छ ।

अघिल्लो कारोबार दिन तोलाको १ हजार ७५० रुपैयाँ रहेको चाँदी आइतबार १ हजार ७ सय रुपैयाँमा कायम भएको छ ।

प्रतिक्रिया