उच्च मूल्यबाट ११ सय घट्यो सुन , प्रतितोला १ लाख ५१ हजार ९ सय रुपैयाँ कायम

Jasus Khabar 1+ समाचार ( )
६ भाद्र २०८१

अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुन बिहीबार भने घटेको छ । उच्च मूल्यबाट बिहीबार सुनको भाउ प्रतितोला ११ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ५३ हजार रुपैयाँ रहेको सुन बिहीबार १ लाख ५१ हजार ९ सय रुपैयाँ कायम भएको  छ । त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको छ ।

अघिल्लो दिन प्रतितोला १८३५ रुपैयाँ रहेको चाँदी आज १८३० मा झरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार