तोलामा २४०० घट्यो सुन , प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँ तय

Jasus Khabar 1+ समाचार ( )
२७ कार्तिक २०८१

मंगलबार सुनको भाउ प्रतितोला २४०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुन प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ६५ हजार रुपैयाँ थियो । यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेको छ ।

अघिल्लो दिन प्रतितोला १९५५ रुपैयाँ रहेको चाँदी यस दिन १९२५ रुपैयाँमा झरेको छ ।


प्रतिक्रिया