नेपाली बजारमा सुनको मूल्य तोलामा ५०० ले घट्यो

Jasus Khabar 1+ समाचार ( )
२१ अशोज २०८१

विराटनगर। नेपाली  बजारमा सुनको मूल्य तोलामा रु ५०० ले घटेको छ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला रु १ लाख ६१ हजारमा कारोबार भएको सुन आजका लागि रु १ लाख ६० हजार ५०० मा निर्धारण भएको छ।


यस्तै, चाँदीको मूल्य तोलामा रु ५ ले घटेको छ। आइतबार प्रतितोला रु १ हजार ९८५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु १ हजार ९८० निर्धारण गरिएको छ।

प्रतिक्रिया