सिरहामा १० वर्षीय बालक पोखरीमा मृत फेला

Jasus Khabar 1+ समाचार ( )
२१ चैत्र २०८०

सिरहाको औरही गाउँपालिका ४ खजनपुरस्थित पोखरीमा डुबेको अवस्थामा १० वर्षीय बालक मृत फेला परेका छन् ।


आज बिहान बद्री यादवका १० वर्षीय छोरा सचिन कुमार यादव पोखरीमा मृत फेला परेका हुन् । गन्हाएपछि स्थानीयले पोखरीमा खाेजी गर्दा बालक सचिन मृत अबस्थामा फेला  परेका  छन् । सचिन तीन दिनदेखि बेपत्ता थिए । आफन्तले सामाजिक सञ्जालमा समेत बालक हराएको सूचना राखेका थिए । तर आज पोखरीमा मृत भेटिएका हुन् ।


मृतक बालकको शव पोस्टमार्टमका लागि प्रहरीले सिरहा प्रादेशिक अस्पताल लैजाने तयारीमा  गरिरहेका  छन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार