सिद्धार्थ राजमार्गमा निमार्णाधिन सिद्धबाबा टनेल ७८ मिटर खनिएको छ । मुख्य टनेलतर्फ कुल १ हजार १२६ मिटर सुरुङ खन्नुपर्ने छ ।>
यसमध्ये २९ अप्रिलसम्म उत्तरतर्फबाट ३२.७ मिटर र दक्षिणतर्फबाट ४५.२ मिटर सुरुङ खनिसकिएको सिद्धबाबा सुरुङ परियोजनाले जनाएको छ । आयोजनाका अनुसार बाइपास प्रथम २३ मिटर, बाइपास दोस्रो १४ मिटर र बाइपास तेस्रो १२ मिटर खनिएको छ । सिद्धबाबामा सुरुङ खन्ने काम ४ माघदेखि औपचारिक रुपमा सुरु भएको हो । >
यो परियोजनाको निर्माणको काम चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीईसी) ले गरिरहेको छ ।
>>