सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा यतिबेला सुरुङ खन्ने काम धमाधम भइरहको छ । पहिरोग्रस्त क्षेत्रमा सुरुङबाट सडक निकाली सडक यातायातलाई सुरक्षित बनाउने उद्देश्यले यो परियोजना अगाडि बढेको हो । >
आयोजनाले दुई साता अघि सार्वजनिक गरेको विवरण अनुसार सुरुङमार्ग निर्माण थालिएको साढे २ महिनामै ४५ मिटर खनिएको छ ।आयोजनाका अनुसार यस आयोजनाको मुख्य सुरुङ मार्ग उत्खनन्को कामको प्रगति साउथ पोर्टलबाट ४४.९ मिटर सम्पन्न भएको हो । सिद्धबाबामा सुरुङ खन्ने काम ४ माघदेखि औपचारिक रुपमा सुरु भएको हो ।>
पछिल्लो अपडेट अनुसार सुरुङमार्गतर्फ बाइपास टनेल प्रथम १५.६ मिटर, बाइपास दोस्रो ७ मिटर र बाइपास टनेल तेस्रोको ४ मिटर उत्खनन् भइसकेको छ ।
>>