काठमाडौं, १२ वैशाख । प्रहरीले गत चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा आगजनी, तोडफोडमा संलग्न रहेको अभियोगमा थप एक जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।>
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल–३ का ४० वर्षीय मनोज भन्ने मिनोज थापा रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।>
उनले भने, ‘गत चैत १५ गते काठमाडौं महानगरपालिका–३२ तीनकुनेस्थित खुला चौरमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’द्वारा आयोजित प्रदर्शनका क्रममा भएको घटनाको अनुसन्धानको सिलसिलामा निजी तथा सार्वजनिक सम्पत्तिमाथि तोडफोड तथा आगजनीलगायत आपराधिक कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ गरिएको हो ।’>
निजलाई काठमाडौं जिल्ला अदालतबाट तीन दिनको मिलान म्याद गरी आवश्यक थप अनुसन्धान भइरहेको प्रवक्ता बोहराले बताए ।>
>>