दुई दिनयता सुनको भाउ उकालो लागेको छ । आइतबार प्रतितोला १ लाख ६० हजार रुपैयाँमा रहेको सुन सोमबार १ हजार बढेको थियो । >
आज मंगलबार फेरि ११ सय बढेसँगै प्रतितोला १ लाख ६२ हजार १ सय पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य उकालो लागेसँगै सुनको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार पुगेको थियो । >
त्यसयता घट्दै गत आइतबार १ लाख ६० हजारसम्म झरेको थियो । चाँदीको भाउ पनि आज बढेको छ । अघिल्लो दिन प्रतितोला १९२० रुपैयाँ रहेको चाँदी यस दिन १९५५ रुपैयाँ पुगेको छ ।>>