रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा संसदीय वा न्यायिक छानबिन समिति नबनाइएको भन्दै बुधबार पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् । >
बैठक सुरु हुनासाथ रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाका सांसद अशोककुमार चौधरी र रापप्राका दीपक सिंहलाई बोल्न समय दिएका थिए ।>
उनीहरूले भिजिट भिसा प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति गठन नभएकाले आफूहरूको विरोध जारी रहेको बताए । त्यसपछि रास्वपा र राप्रपाका सांसदहरूले बैठक बहिष्कार गरेका थिए ।>
रास्वपा र राप्रपाले १३ जेठयता लगातार संसद बैठक बहिष्कार गर्दै आएका छन् ।>>