अजमल अन्सारी>
सुनसरी। सुनसरीको कोशी गाउँपालीकाले अगामी आर्थिक वर्षका लागि योजना, निति तथा कार्यक्रम गाउँसभाबाट सर्वजनिक गरेको छ । कोशी गाउँपालीकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट निति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।>
कोशी गाउँपालिका-१ स्थित वि.पी स्मृति अध्ययन प्रतिष्ठान भवन लौकहीमा आइतबार आयोजित १९ औं गाउँसभा अधिवेशन कार्यक्रमकाबीच कोशी गाउँपालिकाका उपाध्यक्ष अनिता देवी यादवले ५९ करोड ९१ लाख १४ हजार ७ सय ६१ बराबरको वार्षिक बजेट निति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।>
>
कोशी गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि चालु खर्चतर्फ ३७ करोड ५५ लाख ४२ हजार ६ सय ४० र पुजिगतखर्चतर्फ २५ करोड ३८ लाख २८ हजार २ सय ९२ गरी ५९ करोड ९१ लाख १४ हजार ७ सय ६१ बराबरको वार्षिक बजेट निति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।>
>
जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहताको प्रमुख आतिथ्यमा भएको गाउँसभा मार्फत गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले केही लोकप्रिय योजनाहरु समेत प्रस्तुत गरेका छन् । "सुरक्षित र समृद्धि कोशीको आधार, कृषि पर्यटन र दिगो पुर्वाधार" भन्ने आकांक्षाका साथ आर्थिक बर्ष २०८२।०८३ को लागि बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेको अध्यक्ष अन्सारीले जानकारी दिनुभयो ।>
>