नेपाली सेनाको आयोजनामा सुनसरीमा सामुदायीक विपद् प्रतिकार्य तालिम सम्पन्न

Jasus Khabar 3925+ समाचार ( )
१३ चैत्र २०८१

सुनसरीको इनरुवामा सामुदायीक विपद् प्रतिकार्य तालिम सम्पन्न भएको छ । नेपाली सेनाको आयोजनामा वीहिबार चार दिने सामुदायीक विपद् प्रतिकार्य तालिम सम्पन्न भएको हो । इनरुवामा बाढी, आगलागी, भुकम्प, सर्पदंश लगायतका विपद्को घटना घट्ने वित्तीकै खोज तथा उद्दार गर्ने निकायहरुसम्म सूचना सम्प्रेषणका बारेमा तालिम दिएको जनाएको छ । सूचना सम्प्रेषण समयमा भएको खण्डमा घटना स्थलसम्म पुग्न सहन हुने भएकाले ठूलो क्षती र विपदबाट क्षति हुनबाट जोगाउने विषयमा प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिएको छ । विपत सहितको विभिन्न किसिमको विपद्को जोखिमलाई तत्काल न्यूनीकरण गर्ने उदेश्यले इनरुवा नगरपालिका क्षेत्रका ६० जना युवाहरु र नगरपालिकाका कर्मचारीहरुलालाई विपद् व्यवस्थापनको समयमा गरिने खोज तथा उद्धार कार्य गर्न सामुदायीक विपद् प्रतिकार्य तालिम प्रदान गरिएको छ । चैत १० गतेदेखि सुरु भएको तालिम विहीबार सम्पन्न भएको तालिमको आयोजक नेपाली सेनाको श्री भगवतीदल गण, इटहरी, सुनसरीले जनाएको छ । सेनाले गरेको तालिमको व्यवस्थापन तथा समन्वय इनरुवा नगरपालिकाले गरेको थियो । तालिममा नगरपालिकाका प्रमुख केदार भण्डारी, उप प्रमुख विनिता कुमारी मेहता, गणका गणपती राजन भुजु, सेनानी सुरज बस्नेत, नगरपालिकाका कर्मचारीहरु र नेपाली सेनाहरुको उपस्थिति रहेको थियो ।

तालिमको पहिलो र दोस्रो दिन सहभागीहरुलाई विभिन्न किसिमका विपद् र सो विपद् व्यवस्थपनका सैद्धान्तिक विषयहरुका बारेमा जानकारी गराईएको थियो । त्यसैगरी तेस्रो दिन र चौथो दिन स्थानीय सामाग्रीहरु प्रयोग गरी उद्दार सामाग्रीहरु कसरी तयार गर्ने र सो सामाग्रीहरुको प्रयोग कसरी गर्ने ? भन्ने विषयमा प्रयोगात्क अभ्भयास गराइएको इनरुवाका सूचना अधिकृत निरज पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया