काठमाडौंबाट नक्कली विद्यार्थी पक्राउ

Jasus Khabar 3945+ समाचार ( )
११ आषाढ २०८२

अर्कैको नाममा परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थीलाई काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको छ । 

काठमाडौँस्थित जनप्रशासन क्याम्पसमा एमपिए तेस्रो सेमेस्टरमा अध्ययनरत दानबहादुर रोकायाको नाममा परीक्षा दिइरहेका जुम्लाको चन्दननाथ नगरपालिका–८ का २६ वर्षीय केशव रोकायालाई प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध जनप्रशासन क्याम्पस आफैंले उजुरी दिएको थियो ।

उनीमाथि शिक्षासम्बन्धी ऐन अन्तर्गतको कसूरमा पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया