माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा गणित विषयमा सबैभन्दा बढी विद्यार्थी ननग्रेडेड भएका छन् । नतिजा अनुसार गणितमा १ लाख २८ हजार २ सय १५ जना ननग्रेडेड भएका हुन् ।>
त्यसपछि अङ्ग्रेजीमा ननग्रेडेड हुने विद्यार्थीको संख्या ८० हजार ६ सय ७२ जना छ । त्यसपछि विज्ञान र प्रविधिमा ७९ हजार २ सय ७१ जना, नेपाली विषयको सैद्धान्तिक परीक्षामा ५४ हजार ७ सय ३५ र सामाजिक शिक्षामा ५३ हजार १ सय ८६ जना ननग्रेडेड भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।>
‘यसपालि पनि गणितमा विद्यार्थीहरू कमजोर भएको देखिन्छ,’ परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले नतिजा सार्वजनिक गर्दै भने । >
कुन ग्रेडमा कति ?>
जीपीए २.८ देखि ३.२०: ४८,१७७ जना
जीपीए ३.६ देखि ४.०: ८१,३८५ जना
जीपीए ३.२ देखि ३.६: ७९,१२४ जना
जीपीए २.४ देखि २.८: ४८,४७९ जना
जीपीए २.० देखि २.४: ४,१३६ जना
जीपीए १.६ देखि २.०: ८ जना>
कुन प्रदेशमा कति ग्रेडेड ?
कोशी - ४७,८३५>
मधेश - ५९,७४९>
बागमती – १,१९,५१७ >
गण्डकी - ४७,८४९>
लुम्बिनी - ५७,६८७>
कर्णाली - ४६,४५५>
सुदूरपश्चिम - ५९,८०४ >>