धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गरेका छन्।>
उनले आफ्नो पूरा नाम हर्कराज राई ‘साम्पाङ’को नाउँमा निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको आयोग स्रोतले जानकारी दिएको छ।>
उनले ‘राष्ट्रिय श्रम संस्कृति पार्टी’ नामक पार्टी दर्ताका लागि निवेदन दिएका हुन्।>
पार्टी दर्ताका कागजातहरू रुजु गर्ने प्रक्रियामा रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।>
सबै मापदण्ड पूरा भएमा दसैं बिदा सकिएपछि दल दर्ता हुने आयोगले जानकारी दिएको छ।>>