राजावादीले बिहीबार आन्दोलनको घोषणा गर्ने

Jasus Khabar 3925+ समाचार ( )
२४ वैशाख २०८२

नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले आन्दोलनको घोषणा गर्ने भएको छ ।

समितिले बैशाख २५ गते बिहीबार काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आन्दोलनको घोषणा गर्ने तयारी गरेको हो ।

घोषणा सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका केशरबहादुर बिष्ट, नेपाली काङ्ग्रेस (वीपी)का सुशीलमान शेरचन, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत लगायत हिन्दूवादी संघ–संस्था र अभियानको सहभागिता रहने बताइएको छ ।

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले नवराज सुवेदीको नेतृत्वमा रहेको जनआन्दोलन समितिले भोलि आन्दोलनको घोषणा गर्ने र सो कार्यक्रममा पार्टी अध्यक्ष कमल थापाको उपस्थिति हुने पुष्टि गरे ।

उनले भने, ‘कार्यक्रममा पार्टी अध्यक्ष थापा सहभागी हुनुहुन्छ, भ्रष्ट व्यवस्था र शासकबाट मुक्तिको लागि आन्दोलन अपरिहार्य छ, आन्दोलन शान्तिपूर्ण हुनेछ ।’ 

भोलि हुने कार्यक्रममा विभिन्न ५० भन्दा बढी संघ–संस्थाले अबको आन्दोलनमा समर्थन जनाउने अभियानले दाबी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार