सुनसरीको कोशी गाउँपालिकाबाट ६३७ केजी लागू औषध गाँजा बरामद

Jasus Khabar 3945+ समाचार ( )
१२ अशोज २०८२

सुनसरी कोशी गाँउपालिका वडा नं.-७ केराबारी स्थित पुर्व पश्चिम राजमार्ग दक्षिण पट्टि सडकको पेटीमा लागू औषध ठूलो मात्रा गाँजा बरामद गरिएकोे छ। 

कोशी गाउँपालिका वडा नं - ७ प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले बेबारीसे अबस्थामा १८ बोरा लागू औषध गाँजा ६३७.४५ केजि बरामद गरिएकोे हो। 

लागू औषध ओसार पाेसार कारोबार भइरहेको छ भन्ने विशेष सुचनाको आधारमा अस्थायी प्रहरी चौकीबाट खटिएको प्रहरी टोली लागू औषध गाँजा बरामद गर्न सफल भएको हो। 

उक्त लागू औषध गाँजा नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएस्पी योगराज खतिवडा जानकारी दिनु भयो।

प्रतिक्रिया