नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। शुक्रबार सुन प्रतितोलामा ६०० रुपैयाँ र चाँदी २५ रुपैयाँ घटेको हो। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार ६०० रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य १ लाख ९६ हजार २०० रुपैयाँ कायम भएको छ।>
अघिल्लो दिन बिहीबार सुन प्रतितोला १ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।>
महासंघका अनुसार आज एक तोला चाँदी २ हजार ३१५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबार सोही परिमाणको चाँदी २ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो।>
>>>>
>>