बोरुसिया डर्टमन्ड फिफा क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । >
बिहीबार भएको समूह 'एफ' को अन्तिम खेलमा उल्सानलाई १-० गोलअन्तरले पराजित गर्दै डर्टमन्ड अन्तिम १६ मा प्रवेश गरेको हो । डर्टमन्डको जितमा खेलको ३६औँ मिनेटमा ड्यानियल स्वेन्सनले गरेको गोल नै निर्णायक बन्यो ।>
जितसँगै डर्टमन्ड समूह विजेताको रूपमा अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको हो । डर्टमन्डले ३ खेलबाट ७ अंक जोड्यो । यस्तै, समूह 'एफ' को उपविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेको ब्राजिलियन क्लब फ्लुमिनन्सले ३ खेलबाट ५ अंक जोड्यो । >>