ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा दोस्रोपटक योगेश भट्टराई निर्वाचित भएका छन् ।
>
भट्टराई नेकपा (एमाले)का सचिव हुन् । २०७४ सालको निर्वाचनमा पनि उनी प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । त्यतिबेला बाम (एमाले–माओवादी) गठबन्धनबाट उनी विजयी बनेका थिए ।
>
अहिलेको निर्वाचनमा भने माओवादी र एमालेबाट फुटेको एकीकृत समाजवादी कांग्रेस नेतृत्वको गठबन्धनमा छन् । सत्तारुढ गठबन्धनको चुनौती पन्छाउँदै भट्टराई प्रतिनिधिसभासदस्यमा दोस्रोपटक विजयी बनेका हुन् ।
>
भट्टराईले बुधबार मतगणनामा सकिँदा सत्ता गठबन्धनको समर्थन पाएका नेकपा (माओवादी केन्द्र)का खेलप्रसाद बुढाक्षेत्रीलाई २०८ मतान्तरले पराजित गरे । लगातार दोस्रो पटक सांसद चुनिने अवसर पाएका उनले २१ हजार ९४३ मत पाएका छन् । निकटतम् प्रतिद्वन्द्वी खेलप्रसादले २१ हजार ७५३ मत मात्रै ल्याएर ।
>
>>