चुनाव आयो, टोल–टोलमा पोस्टर टाँसियो,>
भाषणले आकाश छोयो, तर जमिन कहाँ बदलियो?>
प्रचार समितिको भीडले सडक भरियो,>
तर अधुरा योजना फेरि फाइलमै हरायो।>
नेता भन्छन् – “हामी विकासका पक्षमा छौं”,>
जनता सोध्छन् – “त्यो विकास आखिर कता छ त?”>
अब नाराले होइन, नतिजाले बोलोस्,>
समितिको नाम होइन, कामले देश खोलोस्।>
चुनावमा प्रचार प्रसार समिति बनाउनु भन्दा,>
गाउँ–टोलमा विकास समिति बनोस्।>
पोस्टर भन्दा पुल बनोस्,>
भाषण भन्दा बाटो बनोस्।>
राजनीति यदि सेवाको नाम हो भने,>
विकास नै त्यसको असली पहिचान होस्।>>