सुनसरी जिल्लामा एकै दिन तीन जनाले झुण्डिएर आत्महत्या गरेका छन् । पहिलो घटना देवानगंज गाउँपालिका-६ पासवान टोलमा भएको हो। २१ वर्षीय अजय पासवानले आफ्नै घरको सुत्ने कोठामा बाँसको बलोमा गम्छाको पासो लगाएर आत्महत्या गरेको खबर बिहान करिब ७:१० बजे आफन्तले प्रहरीलाई दिएका थिए। खबर प्राप्त भएलगत्तै राजगञ्ज सिनवारी प्रहरी चौकीबाट टोली खटी घटनास्थल सुरक्षित राख्दै अनुसन्धान अघि बढाएको छ।>
दोस्रो घटना धरान उपमहानगरपालिका-२० विष्णुपादुका बाकखोरमा भएको छ। ४० वर्षकी संगिता राई आफ्नै घरको ट्वाइलेटभित्र प्लास्टिकको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा भेटिएकी थिइन्। खबर प्राप्त भएपछि प्रहरी टोलीले घटनास्थल सुरक्षित राख्दै अनुसन्धान अघि बढाएको थियो। मृतकको शव पोस्टमार्टमको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको थिय ।>
तेस्रो घटना हरीनगरा गाउँपालिका-१ मलाहाटोलमा भएको हो। १८ वर्षीय राहुल बहरदारले आफ्नै घरदेखि करिब १.५ किलोमिटर पश्चिम मकैबारीमा रहेको मसालाको रुखमा पासो लगाएर आत्महत्या गरेका थिए। घटनाबारे स्थानीयले जानकारी दिएपछि प्रहरी टोली खटी अनुसन्धान अघि बढाएको छ। पोष्टमार्टमका लागि कोशी अस्पताल, विराटनगर पठाइएको छ।>
एकै दिन तीन फरक स्थानमा तीन जनाले आत्महत्या गरेको घटनाले स्थानीयलाई स्तब्ध बनाएको छ। प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।>>