नेपाल स्टक एक्सचेन्जले मंगलबारदेखि लागू हुनेगरी अन्तिम मूल्य गणना विधि परिवर्तन गरेको छ। नेपाल धितोपत्र बोर्डले अन्तिम १५ मिनेटको औषत गणना विधिलाई स्थगित गर्न नेप्सेलाई पत्र पठाएसँगै अन्तिम मूल्य गणना विधि परिवर्तन भएको हो।>
नेपाल धितोबोर्डका अनुसार अबदेखि २: ४५ मिनेटदेखि ३ बजेसम्म कायम मूल्यको भारित औषत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिनेछ। यसअघि पछिल्लो कारोबारलाई अन्तिम मूल्य मान्ने व्यवस्था थियो।>
यस अवधिमा कुनै कारोबार नभएमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम मूल्य मानिने भन्ने व्यवस्थालाई स्थगन गरी अन्तिम कारोबार मूल्यका आधारमा सुचांक गणना गर्ने व्यवस्था मिलाइएको हो।>
परिवर्तित व्यवस्थाको आइतबार प्राधिविक परीक्षण गरिने र मंगलबारदेखि लागू हुनेछ।>
उक्त विधि परिमार्जन गर्न लगानीकर्ताबाट आवाज उठेपछि अर्थमन्त्री रामेश्वर खनालले निर्देशन दिएका थिए। सोही निर्देशन अनुसार धितोपत्र बोर्डले सो विधि स्थगन गर्ने निर्णय गरेको थियो।>
अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा नकारात्मक सर्किट ब्रेक लागेपछि समय अगावै कारोबार बन्द भएको थियो। त्यसपछि अर्थमन्त्री खनालले पुँजी बजारमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरेका थिए।>
>>>>>