- मधेस प्रदेशमा दुई दिनसम्म चलेको जेनेरल स्ट्राइकपछि जनजीवन सामान्य हुँदै गइरहेको छ।
- शान्तिपूर्ण आन्दोलन र सरकारी भवनहरूमा तोडफोडपछि प्रशासनले कर्फ्यू हटाई सेवा सुचारु गर्न थालेको छ।
- रौतहट, पर्सा लगायतका जिल्लामा निषेधाज्ञा खुकुलो पार्दै सेवा सुरु गरिएको स्थानीय प्रशासनले जनाएको छ।
>
मधेस प्रदेशसहित देशभर दुई दिन चलेको जेन–जी आन्दोलनपछि मधेसका जिल्लाहरुको जनजीवन सामान्य बन्न थालेको छ ।>
सोमबार भएको शान्तिपूर्ण आन्दोलन र मंगलबार विभिन्न सरकारी कार्यालय तथा मधेस सरकारको प्रशासनीक भवनहरुमा भएको तोडफोड तथा आगजनी पश्चात जिल्लाहरुमा लगाइएको कर्फ्यू तथा निषेधाज्ञालाई हटाउँदै स्थानीय प्रशासनले आ–आफ्नो सेवा सर्वसाधारणलाई दिन थालेको छ ।>
ताजा अपडेटका लागि हामीलाई tiktok र viber मा पछ्याउनुहोस्>>>
>
जिल्ला प्रशासन कार्यालय धनुषा, सिरहा लगायतको जिल्ला प्रशासन कार्यालयले आंशिक रुपमा आइतबारदेखि सुरु सुचारु गर्न थालेको छ भने केही जिल्ला प्रशासनले जिल्लामा लगाइएको कर्फ्यू तथा निषेधाज्ञालाई खुकुलो बनाएको हो ।>
धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले जिल्ला प्रशासन काार्यलय धनुषाले आजदेखि आफ्नो सेवा सुचारु गर्न लागेको जनाएका छन्।>
>
जिल्ला प्रशासन कार्यालयमा आन्दोलनको क्रममा तोडफोड तथा आगजनी भएकाले यहाँ राहदानी सम्बन्धी सम्पूर्ण सेवाहरु र राष्ट्रिय परिचयपत्र सम्बन्धी सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि बन्द रहने बाँकी सेवाहरु सुरु हुने जनाइएको छ ।>
सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार सिरहामा समेत आजदेखि आंशिक रुपमा सेवा प्रवाह सुरु हुन्छ । सिरहामा जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता, प्रतिलिपि, राहदानी र राष्ट्रिय परिचयपत्रका सेवाहरु असोज १ गतेदेखि मात्र सुरु हुने जनाइएको छ ।>
बारामा जनजिवन सामान्य भएकाले आज बिहान ६ बजेदेखि जिल्लाभर लगाइएको निषेधाज्ञा तथा निषेधित क्षेत्र हटाएको तथा कार्यालयबाट प्रदान हुँदै आएका सम्पूर्ण सेवाहरु दिने प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जनाएका हुन् ।>
आन्दोलनको क्रममा मंगलबार रौतहटमा कर्फ्यू लगाइकोमा त्यसलाई हटाएर शनिबार बेलुका ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मको लागि जिल्लाको केही क्षेत्रमामा निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खडकाले जनाए ।>
>
पर्सामा पनि निषेधाज्ञा तथा कर्फ्यूलाई खुकुलो बनाइएको हो । यहाँको शान्ति सुरक्षाको अवस्था सुदृढ हुँदै गएको अवस्थामा शनिबारदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि वीरगञ्ज क्षेत्रमा बिहान ५ बजेदेखि राति ९ बजेसम्म निषेधाज्ञा र राति ९ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले जनाएका छन् ।>
महोत्तरीका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले जिल्लामा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) र ६ (ख) बमोजिम जिल्लामा लगाइएको कर्फ्यु तथा निषेधाज्ञा शनिबार बिहान ११ बजेदेखि फिर्ता लिएको जनाएका छन् ।>
सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले समेत जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै जिल्लामा कायम रहेको कर्फ्यु तथा निषेधाज्ञा शनिबार बिहान १० बजेदेखि हटाइएको जनाए ।>
सर्लाहीमा लगाइएको कर्फ्युलाई हटाएर केही क्षेत्रमा निषेधाज्ञाा जारी गरिएको प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले बताए ।>>>
>>
>>