चोरीको आरोपमा दुई जना भारतीय नागरिक पक्राउ

Jasus Khabar 3970+ समाचार ( )
१० जेठ २०८२

 चोरीको आरोपमा दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। तामाको तार चोरी गरेको आरोपमा प्रहरीले २७ वर्षीय तापस बर्मण  र २२ वर्षीय अमित सरकारलाई पक्राउ गरेको हो। 

मेचीनगर नगरपालिका– ७ र ५ नम्बर पोस्टस्थित चिया बगानबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

उनीहरूको साथबाट करिब एक सय केजी बराबरको चार मुठा तामाको तारा बरामद गरिएको प्रहरीले जनाएको छ। तारको बजार मूल्य करिब ८० हजार रुपैयाँ रहेको प्रहरीले बताएको छ ।

उनीहरूमाथि पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टाले अनुसन्धान गरिरहेको जनाइएको छ।

प्रतिक्रिया