सशस्त्र प्रहरी उल्टीद्वारा अवैध भारतीय कुखुरा नष्ट

Jasus Khabar 3925+ समाचार ( )
६ वैशाख २०८२

इनरुवा । भारतबाट अवैध रुपमा ल्याउदै गरेको कुखुरा सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट उल्टी सुनसरीले सिमानाकामा कडाई तिव्र पारेको छ ।


भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित उल्टी नाकाबाट शनिबार अवैध भारतीय कुखुरा नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीका अनुसार २५ हजार मुल्य बराबरको बोइलर कुखुरा बरामद गरेको छ । गाउँपालिकासँग जोडिएको भारतको बसमतिया बजारबाट अबैध रुपमा नेपालतर्फ ल्याउदै गरेका कुखुरा बरामद गरेको हो ।


तस्करहरुले खुल्ला नाकाको फाइदा उठाएर भारतिय कुखुरा नेपाल भित्र्याउदै गरेको अवस्थामा ९० केजी ब्रोईलर कखुरा बिओपी उल्टीले कब्जामा लिएको र मोटरसाइकल सहित तस्कर भागेको प्रहरीले जनाएको छ ।


सिमानाकामा कडाई गरेपछि बिगतमा जस्तो खुल्ला नाकाबाट अबैध रुपमा हुने धन्दा नियन्त्रणमा आएको बिओपी उल्टीका प्रमुख सशस्त्र प्रहरी सहायक निरीक्षक इश्वर खकुरेलले जानकारी दिए ।


सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको ब्रोईलर कुखुरा जनप्रतिनिधि, स्थानीय समाज सेवीहरुको उपस्थितिमा खाल्टो खनि नष्ट गरिएको बिओपी उल्टीले जनाएको छ ।


भारतबाट अवैधरुपमा चोरी पैठारी लगायतका क्रियाकलापमा नियन्त्रण गर्न सिमाना नाकामा बिओपीले कडाई गरेको छ ।

प्रतिक्रिया