पाकिस्तानको संसद् भंग

Jasus Khabar 1+ समाचार ( )
२५ श्रावण २०८०


शहबाज शरिफ नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा पाकिस्तानको संसद् भंग भएको छ । राष्ट्रपति आरिफ अल्वीले बुधबार मध्यरातमा संसद् भंग गरेका बीबीसीले जनाएको छ ।   

संसद्को कार्यकाल सकिन तीन दिन बाँकी रहँदा संसद् भंग गरिएको हो । मन्त्रिपरिषद पनि भंग भएको छ ।

तीन दिनभित्रै नयाँ कार्यवाहक प्रधानमन्त्री चयन गरिने समाचारमा उल्लेख छ । पाकिस्तानमा अब ९० दिनभित्र आम निर्वाचन हुनेछ । 

प्रतिक्रिया