ब्रहमदेव महतोको सामग्रीमाथि प्रेस काउन्सिलको कडाइ-सामाजिक सद्भाव खल्बल्याएको आरोप, स्पष्टीकरण माग

Jasus Khabar 3958+ समाचार ( )
११ चैत्र २०८२

सुनसरी। हरिनगर गाउँपालिका क्षेत्रसँग सम्बन्धित सामाजिक तथा धार्मिक सहिष्णुतामा असर पर्ने आशंका गरिएको एक सामग्रीबारे प्रेस काउन्सिल नेपाल ले जानकारी तथा प्रतिक्रिया माग गरेको छ।

काउन्सिलद्वारा जारी पत्र अनुसार namoonline.com का सञ्चालक तथा प्रधान सम्पादकसँग सम्बन्धित फेसबुक पेज “brahamdev mahato” बाट प्रकाशित सामग्रीविरुद्ध उजुरी परेको जनाइएको छ।


उक्त सामग्रीले हरिनगर गाउँपालिकामा सामाजिक एकता र धार्मिक सहिष्णुतामा खलल पुग्ने किसिमको विषयवस्तु समेटेको भन्दै आपत्ति जनाइएको छ।


उजुरीमा सार्वजनिक पदमा रहेका व्यक्तिको प्रतिष्ठामा आँच पुग्नेगरी सामग्री प्रकाशन गरिएको उल्लेख गर्दै आवश्यक कारबाहीको माग गरिएको छ। सोही आधारमा काउन्सिलले सम्बन्धित सञ्चार माध्यमलाई सामग्री सत्यतथ्यको आधारमा प्रकाशन गरिएको हो वा होइन भन्नेबारे स्पष्ट पार्न निर्देशन दिएको जनाएको छ।


पत्रमा उल्लेख गरिएअनुसार, काउन्सिलले मिति २०८२ चैत ५ गते नै टेलिफोनमार्फत सामग्री हटाउन निर्देशन दिएकोले भसो सामग्री हटाइएको बताइएको छ। यस विषयमा सम्बन्धित पक्षबाट थप प्रतिक्रिया प्राप्त भए काउन्सिलले आवश्यक कदम चाल्ने संकेत गरेको छ।


प्रतिक्रिया