वेस्ट इन्डिजविरुद्धको शृंखलाका लागि १६ सदस्यीय नेपाली टोली घोषणा

Jasus Khabar 3958+ समाचार ( )
३० भाद्र २०८२

नेपालले वेस्ट इन्डिजसँग खेल्ने खेलको टीट्वान्टी आई सिरिजका लागि अन्तिम टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो। यस टोलीको उपकप्तानी दीपेन्द्रसिंह ऐरीले गर्नेछन् ।

सिरिजका खेल २७, २९ र ३० सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्स (युएई) को सरजाह क्रिकेट मैदानमा हुनेछ । नेपालले आइसीसी टी–२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका लागि सिरज खेल्न लागेको हो । टोलीमा नेपाल ए टिमका लागि उत्कृष्ट प्रदर्शन गरेका आदिल आलम र सन्दीप जोराले पुनरागमन गरेका छन् ।

नेपाली टोली :

रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), आसिफ शेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आदिल आलम, आरिफ शेख, सन्दीप जोरा, करण केसी, नन्दन यादव, गुलसन झा, ललितनारायण राजवंशी, सोमपाल कामी र शाहव आलम

प्रतिक्रिया