जनकपुरधाममा गुडिरहेको रेलले कारलाई ठक्कर दिएपछि...

Jasus Khabar 3958+ समाचार ( )
२५ श्रावण २०८२

जनकपुरधामको थापा चोकमा गुडिरहेको रेलले कारलाई ठक्कर दिएको छ ।

आज बिहान करिब साढे ८ बजे कुर्था रेल्वे स्टेशनबाट भारतको जयनगरतर्फ गइरहेको रेलले ‘क्रसिङ’मा अड्केको कारलाई ठक्कर दिएको हो ।

ठक्करबाट मानवीय क्षति नभएपनि कारमा ठूलो क्षति पुगेको छ । रेलको ठक्करले कारलाई करिब २५ मिटर टाढासम्म धकेलेको बताइएको छ । स्थानीयबासी र प्रहरीको सहयोगमा कारलाई रेलमार्गबाट हटाएपछि रेल सेवा पुनः सुचारु भएको छ ।

धनुषाका प्रहरी नायव उपरीक्षक वरुण सिंहका अनुसार कार चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार