>
इनरुवा । सुनसरीको बर्जु गाउँपालिका–५ मुस्लिम टोलमा एक युवती झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्।>
सदाव आलम अन्सारीको २१ वर्षीय श्रीमती अफाफ आरिफले आफ्नै पुरानो घरको कोठामा सलको पासो लगाएको अवस्थामा मृत फेला परेकी हुन्। घटनास्थलमा शनिबार बिहान साढे ७ बजे ससुरा सफाज मियाले मृत अवस्था देखेपछि प्रहरीलाई खबर गरेका थिए।>
>
घटनाको जानकारी पाउनेबित्तिकै ईलाका प्रहरी कार्यालय सितागंजबाट प्रहरी नायब निरीक्षक सिक्शेर राईको कमाण्डमा प्रहरी टोली खटिएको थियो। टोलीले घटनास्थल सुरक्षित गरी प्रारम्भिक अनुसन्धान थालेको जनाएको छ।>
>
त्यसपछि थप अनुसन्धान तथा कानुनी प्रकृयाका लागि ईलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी निरीक्षक सागर तिमल्सिनाको नेतृत्वमा प्रहरी र SOCO टोली समेत घटनास्थल पुगेको थियो।>
>
कानुनी प्रक्रिया पूरा गरी बिहान साढे १० बजे मृतकको शव पोष्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल पठाइएको थियो। दिउँसो साढे १ बजे पोष्टमार्टम सम्पन्न भएपछि मृतककी ससुरा सफाज मियाले शव बुझेर लगेको प्रहरीले जनाएको छ।>
>
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।>
>
>>