दुई लाख घुससहित मालपोतका नासु पक्राउ

Jasus Khabar 3945+ समाचार ( )
१८ भाद्र २०८२

 जिल्ला मालपोत कार्यालय काभ्रेमा अक्तियारले छापा हानेको छ । बुधबार बिहान ११ बजेतिर अक्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले  नासु ज्ञानेन्द्र भण्डारीलाई दुई  लाख नगदसहित नियन्त्रणमा लिएको हो।

भण्डारीविरुद्ध काभेपलाञ्चोक दोलालघाट-७ मा रहेको फिल्ड बुकमा दर्ता  छुट भएको  जग्गाहरू धनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने उजुरी परेको थियो।  उजुरीका आधारमा आयोगबाट खटिएको टोलीले उनलाई सेवाग्राहीसँग २ लाख  घुस  र मोबाइल एकथानसहित मालपोत कार्यालयको परिसरबाट नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।

नासु भण्डारीलाई पक्राउ गरेर स्थानीय जनप्रतिनिधिसहित प्रहरीको टोलिले मुचुल्का उठाउने काम गरिरहेको काभ्रेका डीएसपी मिन घलेले बताए ।

प्रतिक्रिया