सप्तकोशीमा नुहाउन पसेका इटहरीका मामा भाञ्जा बेपत्ता

Jasus Khabar 3925+ समाचार ( )
८ वैशाख २०८२

धरान : सप्तकोसीमा नुहाउन पसेका मामा भाञ्जा बेपत्ता भएका छन्। सोमबार बिहान सुनसरीको बराहक्षेत्र मन्दिर नजिकै रहेको कोकाहामा दर्शन गर्न गएका मामा भाञ्जा सप्तकोसीमा डुबेर बेपत्ता भएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए ।

मन्दिर दर्शन गर्नु अगाडि नुहाउन सप्तकोशीमा पसेका इटहरी बालग्रामका ४८ वर्षीय नबराज बास्तोला र उनका भाञ्जा १६ वर्षीय जेनिस आचार्य पानीमा डुबेर बेपत्ता भएको एसपी तिम्सिनाले बताए।

उनीहरू पानीमा डुबेर बेपत्ता भएपछि प्रहरी र सशस्त्र प्रहरीको कोताखोरसहितको टोली उनीहरूको खोजीमा परिचालन गरिएको तिम्सिनाले जानकारी दिए । 


प्रतिक्रिया